२०८३ बैशाख ३१ गते , विहीबार

पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने इलामका युवक पक्राउ

sajilo news
झापा
२०८० श्रावण ३० गते , मंगलबार
पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने इलामका युवक पक्राउ

वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका- ६ स्थायी घर भई काठमाडौँको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन् ।

उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जनाएको छ । उनले प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै पीडितहरूलाई पटक पटक गरी ३९ लाख रुपैयाँ उठाएर भागेका थिए ।

पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार