२०८३ बैशाख ३१ गते , विहीबार

एक लाख घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ

sajilo news
झापा
२०८० श्रावण २८ गते , आईतबार
एक लाख घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरीलाई एक लाख घुससहित पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनका साथी गुरुदेव यादव एक लाख घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई नगरपालिकाको वडा नं ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ गरेको हो।अख्तियारको टोलीले  उनीहरूको साथबाट एक लाख ७५ हजार चेक पनि बरामद गरेको छ।उनीहरूले नगरपालिकामा वाल निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।

 

सम्बन्धित समाचार