२०८३ बैशाख ३१ गते , विहीबार
गाईलाई करणी गर्ने एक युवक समातिए
कैलालीको धनगढीमा गाईलाई करणी गर्ने एक युवक समातिएका छन्। धनगढी उपमहानगर-१८ फूलबारीका ३५ वर्षीय ओमप्रकाश जैगडीलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार गाईलाई करणी गरेको र मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयले जैगडीलाई प्रहरीकहाँ पुगाएका थिए। त्यसपछि स्थानीय एक महिलाले उजुरीका दिएपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो।
जैगडीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। थाहाखबरबाट