२०८३ बैशाख ३१ गते , विहीबार

झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

sajilo news
झापा
२०८० श्रावण १६ गते , मंगलबार
झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ निवासी २३ वर्षीय प्रवास राजवंशी रहेको प्रहरीले जनाएको छ । 

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार