२०८० मंसीर १६ गते , शनिबार

बिर्तामोडको मनकामना आइसक्रिममा झिँगा भेटिएपछि...

sajilo news
झापा
२०८० श्रावण १५ गते , सोमबार
बिर्तामोडको मनकामना आइसक्रिममा झिँगा भेटिएपछि...

बिर्तामोड । बिर्तामोड नगरपालिका- १ स्थित अतिथि सदन मार्गमा रहेको मनकामना आइसक्रिम उद्योगबाट उत्पादित आइसक्रिमभित्र झिँगा भेटिएको छ । सोमबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोड २ बेलडाँगीका गोविन्द गिरीले प्याकेट खोलेर खाँदै गर्दा आइसक्रिमभित्र मरेको ठूलो झिँगा भेट्टाएको हो ।

आफूले आइसक्रिम बिक्री गर्दै हिँड्ने व्यापारीसँग ५० रुपैयाँमा सो आइसक्रिम किनेको बताए । आइसक्रिमको प्याकेट खोलेर एक–दुई पटक खाइसकेपछि झिँगा फेला परेको गिरीले बताए । त्यसबारे आइसक्रिम बेच्नेलाई भन्दा उसले फ्याक्ट्रीमै गएर कुरा राख्न भनेकाले आफूहरू उद्योग जान लागेको गिरीले बताए ।

सम्बन्धित समाचार