२०८३ बैशाख ३१ गते , विहीबार

गोरुको मासुसहित तीन जना पक्राउ

sajilo news
झापा
२०८० श्रावण १४ गते , आईतबार
गोरुको मासुसहित तीन जना पक्राउ

मोरङको लेटाङबाट गोरुको मासुसहित तीन जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । लेटाङ नगरपालिका–६ कुशेचौरीका ६१ वर्षीय रामकुमार तामाङ, ४० वर्षीय धनकुमार तामाङ र लेटाङ–४ का ३९ वर्षीय नीरबहादुर दमाईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार गोरु काटेर मासु भागबन्डा गर्दै गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली रामकुमार तामाङको घरमा पुगेको थियो ।   रामकुमारकै घरमा काटेको गोरुको मासु झोलामा ‘प्याक’ गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेकाको साथबाट अन्दाजी ३५ किलोग्राम मासु पनि प्रहरीले पक्राउ गरेको छ ।  तीनै जनालाई इलाका प्रहरी कार्यालय लेटाङमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी दाहालले दिए । 

सम्बन्धित समाचार