२०८३ बैशाख ३० गते , बुधबार

झापाको सुरुङ्गामा चोरीका घटना बढ्यो, तीन जना पक्राउ

sajilo news
झापा
२०८० श्रावण १० गते , बुधबार
झापाको सुरुङ्गामा चोरीका घटना बढ्यो, तीन जना पक्राउ

कनकाई । झापाको कनकाई नगरपालिका-३ स्थित सुरुङ्गामा चोरीका घटना बढेको छ । चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ  ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले उनीहरूलाई पक्राउ गरे पनि उनीहरूको सार्वजनिक गरेको छैन । सोमबार राती कनकाई- ३ निवासी जनार्दन पौडेलको घरको ढोका साथै ग्रिलको ताला फुटाएर चोरी भएको थियो । घरमा कोही नभएको मौका छोपीले चोरले कोठामा रहेको एक तोला सुन, २० तोला चाँदी , झर्के थाल बटुका, पैसा, लत्ताकपडा लगायतको सामान चोरी गरेको पीडित पौडेलले बताए ।

  केही दिन अघि मात्र पौडेलको छिमेकी नारायण न्यौपानेको घरमा दिनदहाडै चोरी भएको थियो । त्यस्तै कनकाई ५ तुल्सिबारीमा चोरी भएको थियो । सो क्षेत्रमा दुले चोरको बिगबिगी बढी स्थानीयमा त्रास फैलिएको छ । प्रहरीले समेत सुरक्षा गस्ती बढाएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । 

सम्बन्धित समाचार