२०८३ श्रावण १० गते , आईतबार

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

sajilo news
झापा
२०८३ श्रावण १० गते , आईतबार
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका ६ बिपियामा गएराति सवा १२ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार