२०८३ बैशाख ३० गते , बुधबार

ओमसाई पाथीभरा हस्पिटल परिसरबाटै पल्सर मोटरसाइकल चोरी

sajilo news
झापा
२०८० श्रावण ६ गते , शनिबार
ओमसाई पाथीभरा हस्पिटल परिसरबाटै पल्सर मोटरसाइकल चोरी

भद्रपुर । भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल परिसरबाटै एउटा मोटरसाइकल चोरी भएको छ । कचनकवल गाउँपालिका- ६ स्थित बनियानी निवासी महेन्द्र हजामको प्र-१-०१-०१३ प १५७७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल बिहीबार साँझ चोरी भएको हो । बिहीबार साँझ बिरामी भेट्न हस्पिटल पुगेका हजामले इमर्जेन्सी गेट अगाडि मोटरसाइकल पार्किङ गरी राखेका थिए ।

DHYRLE50548 इन्जिन नम्बर र MD2A11CYXLPE47503 च्यासिस नम्बर भएको मोटरसाइकलको ह्यान्डललक फुटाएर चोरी भएको पीडित हजामले बताएका छन् । हस्पिटलबाटै मोटरसाइकल चोरी भएपछि होहल्ला मच्चिएको थियो । त्यसपछि हस्पिटलको गेटमा रहेको सिसी टिभी फुटेज हेर्दा चोरले बेलुकी ७:२० मिनेटको समयमा अस्पताल परिसरभित्र प्रवेश गरेको र ८:२९ बजेको समयमा मोटरसाइकल चढेर गएको प्रस्ट देखिन्छ ।

तर, हस्पिटलको सिसी टिभी फुटेजमा चोरको पहिचान नखुलेको देखिन्छ ।  फुटेजमा हेर्दा चोरलाई अस्पताल परिसर भित्रको राम्रोसँग ज्ञान भएको देखिन्छ । गेटमा तैनाथ सुरक्षा गार्डसँग चुरोट खान परिसर भित्र पाइन्छ कि बाहिर जानुपर्छ भनेर सोधपुछ थिए ।  सुरक्षा गार्डले परिसर भित्र चुरोट खान पाइँदैन भनेपछि म साइडमा गएर पिउँछु नि भन्दै मोटरसाइकलको पार्किङ क्षेत्रमा गएका थिए । त्यसपछि उनले मोटरसाइकल चोरेर लगेको हुन सक्ने प्रत्यक्षदर्शीहरू बताउँछन् । 

सम्बन्धित समाचार