धरान–चतारा सडकखण्डमा गोली हानी युवकको हत्या
धरान । सुनसरीको धरान–चतारा सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।
उनीमाथि धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।
प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ ।
‘इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी नवराज मल्लका अनुसार सेउती पुलदेखी दक्षिण पानीपियामा मोटरसाइकल रोकी पानी खान खोज्दा उनिहरूमाथी अक्रमण भएको थियो ।
चौधरीसँगै रहेकी यात्रा गरिरहेकी सुमना खत्रीले तीन जनाको लुटेराको समूहले उनिहरूमाथी अक्रमण गरेको बताएकी छन् । उनका अनुसार २ जनाका खुकुर र एकजनाले बन्दुक बेकेका थिए ।