२०८३ बैशाख ३० गते , बुधबार

सप्तकोशी किनारमा 'ग्याङ फाइट' घटना : तीन युवती पक्राउ

sajilo news
झापा
२०८० श्रावण ३ गते , बुधबार
सप्तकोशी किनारमा 'ग्याङ फाइट' घटना : तीन युवती पक्राउ

सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनाको समूहले तीन जना युवतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिक टोल निवासी दुर्गा राई र सोही स्थानकी विनीता उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसअघि प्रहरीले घटनामा संलग्न एक जना युवतीलाई पक्राउ गरिसकेको छ । घटनापछि फरार रहेका उनीहरूलाई इप्रका महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमान्डको विशेष प्रहरी टोलीले सुनसरीको इटहरी बजारबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

असार २९ गते सुनसरी बराहक्षेत्र ९ राजाबासस्थित चिहान डाँडाको कोशी किनारमा १९ वर्षिया मनिषा राईसहित तीन जनाले प्रमीलालाई कुरा लगाइदिएर बेइज्जत गरेको भन्ने आरोप लगाएर तीन जना युवतीलाई ५ जनाले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । बराहक्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बूलाई घटना भएकै दिन पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुई जना भने अझै फरार रहेका छन् ।

सम्बन्धित समाचार