२०८३ बैशाख १६ गते , बुधबार

पाठेघर क्यान्सरविरुद्धको २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुग्यो

sajilo news
झापा
२०८० असार १९ गते , मंगलबार
पाठेघर क्यान्सरविरुद्धको २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुग्यो

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुगेको छ। मंगलबार २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुगेको हो।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप मंगलबार २० हजार मात्रा आइपुगेको हो। यो खोप चिनियाँ कम्पनीले उत्पादन गरेको हो। यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मान्यता प्रदान गरेको खोप हो।

हाल यो खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिएको छ भने मन्त्रालयमा कहाँबाट लगाउन सुरु गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ। 

सरकारले खरिद गरेको यो खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई मात्रा दिइनेछ। ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको मुखको क्यान्सरका कारण संसारभर वर्षेनि ३ लाख महिलाको ज्यान जाने गरेको छ।

एक नयाँ अध्ययनका अनुसार एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम ९० प्रतिशतसम्म घटाउँछ। सरकारले विसं २०८० जेठसम्म १ लाख २९ हजार ३५५ जनाको निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको जनाएको छ।

सम्बन्धित समाचार