२०८३ बैशाख १६ गते , बुधबार

धरानमा डेंगी संक्रमणबाट दुई जनाको मृत्यु 

sajilo news
झापा
२०८० असार १४ गते , विहीबार
धरानमा डेंगी संक्रमणबाट दुई जनाको मृत्यु 

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । धरान–१७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो ।

उपमहानगरका २० मध्ये अधिकांश वडामा डेंगी फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको यादवले बताए । यो वर्ष धरानमा जेठ पहिलो सातादेखि फैलिएको डेंगी अहिले भयावह बनेको हो ।

“हामीले खोज र नष्ट गर अभियान पनि चलाइरहेका छौँ । तर, अधिकांश संक्रमित घरमै रहने, उपचारमा नपुग्ने भएकाले संक्रमण फैलिँदै गएको छ,” उनले भने

सम्बन्धित समाचार