२०८३ बैशाख १६ गते , बुधबार
रासायनिक मल अनुमति नलिई बिक्री गर्ने कृषि बीज भण्डारको गोदाम शिल
नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई बिक्री वितरण गरेको पाइएपछि इलाम नगरपालिका ७ स्थित कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले सिलबन्दी गरेको छ ।
प्रशासन कार्यालयबाट खटिएका अनुगमन टोलीले ३ दिनभित्र खरिद बिक्रीको आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन ,घरेलु कार्यालय ,कृषि ज्ञान केन्द्र ,कर कार्यालय ,इलाम नगरपालिका सहितको अनुगमन टोलीले यो कृषि बीज भण्डारलाई निर्देशन दिएको हो । अनुगमनको क्रममा ३४ बोरा युरिया ,१८ बोरा डिएपी र इन्डियन मल फेला परेको थियो ।