२०८३ बैशाख १६ गते , बुधबार

अर्जुनधाराको चिया बगानबाट लागूऔषधसहित पाँच जना पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १५ गते , मंगलबार
अर्जुनधाराको चिया बगानबाट लागूऔषधसहित पाँच जना पक्राउ

झापाको अर्जुनधारास्थित चिया बगानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । आज दिउँसो १ः३० बजे अर्जुनधारा नगरपालिका ११ स्थित चिया बगान एरियामा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह, लागूऔषध ब्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले बिर्तामोड ३ बस्ने वर्ष २२ का विश्व राजवंशी,अर्जुनधारा ४ बस्ने वर्ष २६ का सनम खड्का ,अर्जुनधारा ५ बस्ने वर्ष २९ का ध्रुवकुमार दनुवार ,अर्जुनधारा ११ बस्ने वर्ष २९ का मन्दिप राई र सोही ठाउँ बस्ने वर्ष ३४ का उमेश तामाङलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्लास्टिकबाहेक १७ ग्राम १९० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । उनीहरूलाई इप्रका अनारमनिमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार