२०८३ बैशाख १६ गते , बुधबार
मन्त्रिपरिषद् बैठक : देशका ७ ठाउँमा औद्योगिक ग्राम घोषणा
मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले देशका ७ ठाउँमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ। रास्कोट नगरपालिका-६ कालीकोट, नरहरिनाथ गाउँपालिका-२ कालीकोट, राप्तीसोनारी गाउँपालिका-४ बाँके, रम्भा गाउँपालिका-३ पाल्पा, शीतगंगा गाउँपालिका-१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका-५ पर्सा र महागढीमाई नगरपालिका-५ बारा गरी ७ स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने र राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।