२०८३ बैशाख १६ गते , बुधबार

झापामा बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८० असार १२ गते , मंगलबार
झापामा बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । झापामा बैंकिङ्ग कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका- ६ निवासी ४२ वर्षीय पुष्पराज बाराकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उच्च अदालत विराटनगर इलाम इजलासबाट २०७९ कार्तिक २ गतेको फैसला अनुसार बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका बाराकोटी ५ दिन कैद तथा सजाय, १२ लाख जरिवाना ४८ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सुनाएका थिए । सोही दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोली पक्राउ गरी   कैद भुक्तानको लागि झापा कारागार पठाइएको जनाइएको छ ।

सम्बन्धित समाचार