२०८३ बैशाख १६ गते , बुधबार

‘बैङ्क तथा वित्तीय संस्थाका ‘म्यानेजर’ नै मिटरव्याजी’

sajilo news
झापा
२०८० असार १२ गते , मंगलबार
‘बैङ्क तथा वित्तीय संस्थाका ‘म्यानेजर’ नै मिटरव्याजी’

झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह पौडेलले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख नै मिटरव्याजी रहेको आरोप लगाएका छन् ।

पछिल्लो समय मिटर ब्याजी पीडितका समस्या हल गर्न राज्यले आयोग बनाए पनि आयोगले प्रभावकारी काम नगर्दा राज्य प्रति जनताको भरोसा टुट्दै गएको उनको भनाई छ । विशेष गरी बैङ्क तथा वित्तीय संस्थाका ‘म्यानेजर’ हरुले मिटरव्याज चलाएर नागरिकलाई दुःख दिएको पौडेलको आरोप छ ।

बैङ्क तथा वित्तीय संस्थाले मिटर ब्याजको कारोबार चलाएको भन्दै राज्यले त्यस्ता बैङ्क तथा वित्तीय संस्थाको अनुगमन र छानबिन गर्नु पर्ने उनको भनाई छ । बैङ्क तथा वित्तीय संस्थाका ‘म्यानेजर’का लोन दिन्छु भन्दै सर्वसाधारणलाई महिनौँसम्म झुलाएको र अन्तिममा मिटरव्याजीको हातमा पु¥याएर उनीहरूसँगको मिलेमतोमा पैसा असुल्ने गरेको पौडेलको आरोप छ ।

बैङ्क तथा वित्तीय संस्थाका म्यानेजरहरूलाई मानिसलाई जबरजस्ती पीडित बनाएर रकम नअसुल्न उनको सुझाव छ । बैङ्क तथा वित्तीय संस्थाका कै कारण व्यवसाय र उद्योग धन्दा डुबेको भन्दै पौडेलले भने –झापामा पनि उत्पादनका लागि खोलिएका कयौँ कलकारखाना बन्द भएका छन् । सयौँ मानिस बैङ्क तथा वित्तीय संस्थाले घरबार विहीन बनाएको अवस्था छ यस्तो गर्न मिल्छ उनले प्रतिप्रश्न गरे ।

पञ्चायत र राणाकालीन समयमा समेत नभएको ज्यादती अहिले भएको भन्दै सबै बैक तथा वित्तीय संस्थाका म्यानेजरलाई सच्चिन मेरो सुझाव छ मेची इन्चार्ज पौडेलले भने ।

पछिल्लो समय मिटर व्याज पीडित र बैङ्क तथा वित्तीय संस्थाका कारण पीडित बनेकाहरूको पक्षमा बोल्दै आएको नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा०ले झापाका केही स्थानमा घर समेत कब्जा गर्दै सहकारीका कार्यालयमा तालाबन्दी गर्न सुरु गरेको छ ।

बिर्तामोडस्थित कृषि थोक बजार नजिकै रहेको नवराज विमलीको घरमा सो पार्टीले विमली मिटरव्याजी रहेको भन्दै घर कब्जा गरेको घोषणा गरेको छ । त्यस्तै झापा गाउँपालिकामा र दमकमा शाखा कार्यालय रहेको जीवन विकास संस्थाको कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

झापामा १०६ जनाले आफूहरू मिटरव्याजीबाट पीडित बनेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । तर, त्यसको छानबिन प्रक्रिया भने अघि बढाइएको छैन ।

सम्बन्धित समाचार