२०८३ बैशाख १६ गते , बुधबार

झापाको मंगलश्री क्रसर उद्योगमा टिपरले थिचेर एक मजदुरको मृत्यु

sajilo news
झापा
२०८० असार १२ गते , मंगलबार
झापाको मंगलश्री क्रसर उद्योगमा टिपरले थिचेर एक मजदुरको मृत्यु

झापाको अर्जुनधारा–७ स्थित मंगलश्री क्रसर उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
प्रहरीका अनुसार मिलन बस्नेतले सञ्चालन गरेको क्रसर उद्योगमा सोमबार दिउँसो मिक्स गिट्टी लोड गर्ने क्रममा टिपर पल्टिदा थिचिएर मजदुर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । 
‘क्रसर मेसिनबाट टिपरमा मिक्स गिट्टी लोड हुँदै थियो, माथिबाट टिपर पल्टियो, टिपरसहितको गिट्टी मजदुरमाथि पोखियो,’ घटनास्थल पुगेका एक प्रहरीले भने ।  यता इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

सम्बन्धित समाचार