२०८३ बैशाख १६ गते , बुधबार

भद्रपुरको एसियन प्लाइउड उद्योगभित्र एक भारतीय मजदुर मृत फेला

sajilo news
पार्थ मण्डल
२०८० असार १० गते , आईतबार
भद्रपुरको एसियन प्लाइउड उद्योगभित्र एक भारतीय मजदुर मृत फेला

झापा । भद्रपुर-८ स्थित जनता चोक छेउ रहेको एसियन प्लाइउड उद्योग (अन्नपूर्ण पलाई)  मा एक भारतीय मजदुर मृत अवस्थामा फेला परेको छ । मृत्यु हुने मजदुर भारत किसनगञ्ज जिल्ला गलगलिया-३ भादगाउँ निवासी ५३ वर्षीय मोहम्मद हफिज उदीन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी विगत पाँच वर्षदेखि एसियन प्लाइउड उद्योगमा कार्यरत थिए ।

शुक्रबार राती अबेरसम्म काम गरेर उद्योगभित्र रहेको कोठामा उनी सुत्न गएका थिए । शनिवार घर नगएपछि उनका छोरा मोहम्मद सबिर बुबालाई खोज्न उद्योग पुगेका थिए । उद्योगको कोठामा गएर हेर्दा ओछ्यानमा सुतेको अवस्थामा बुबा मृत देखेपछि उनले तत्काल सबैलाई जानकारी गराएका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीसहितको टोली तत्काल घटनास्थल पुगेका थिए ।

शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । उद्योगको कोठाभित्र मजदुर मृत भेटिए पनि उद्योग सञ्चालक र व्यवस्थापन पक्षले थाहा नपाउनु घटनाले मजदुर पक्षका आफन्तजन आक्रोशित बनेका थिए ।

उद्योग सञ्चालक र व्यवस्थापन पक्षको लापरबाहीका कारण मजदुर उदीनको मृत्यु भएको आफन्तजनहरूको भनाई छ । घटनाको बारेमा छानबिन गर्न उनीहरूले प्रहरीसँग माग समेत गरेका छन् । 

सम्बन्धित समाचार