२०८३ बैशाख १६ गते , बुधबार

रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार खरेललाई

sajilo news
झापा
२०८० असार ८ गते , शुक्रबार
रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार खरेललाई

हेमकला—टिकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीर्थराज खरेल पुरस्कृत भएका छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको रोटरी क्लब अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा एक विशेष समारोहका विच पत्रकार खरेललाई सम्मान गरिएको हो । विगत २० वर्ष अघिदेखि नै लेखन तथा पत्रकारितामा क्रियाशील रहँदै आएका खरेल हाल सम्म पनि विभिन्न सञ्चार माध्यम मार्फत सञ्चार कर्म गरिरहेका छन् र

कनकाई खबर साप्ताहिक एवं कनकाई खबर डट अनलाइनका सम्पादक तथा प्रकाशक समेत रहेका पत्रकार राम निरौला सहित परिवारले आफ्ना आमा–बुवाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट खरेल पुरस्कृत भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसहित पत्रकार निरौलाका बुबा टीकाराम, आमा हेमकला, श्रीमती शान्तासहित निरौला परिवारले खरेललाई पुरस्कार वितरण गरेका थिए । पत्रकार खरेललाई नगद १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व खरेलले स्थानीय तथा खोज अनुसन्धानमूलक समाचार सम्प्रेषण गरी न्याय, मानवअधिकार र स्वतन्त्रताको पक्षमा अडान लिँदै आफ्नो कलमलाई सशक्त बनाउँदै आएका छन् । कनकाई नगर क्षेत्रका आम नागरिकको भावनाको समर्थन गर्दै सबै पक्षको सहकार्यमा राष्ट्रियता र लोकतन्त्रमा आधारित भएर सकारात्मक सोचका साथ कलम चलाउँदै समाज रूपान्तरणमा खेलेको भूमिकाप्रति क्लबका तर्फबाट उच्च मूल्याङ्कन गरिएको छ ।

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष ख्याम प्रसाईँको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पत्रकार निरौलाले पारेका थिए भने स्वागत रोटरीका इनकमिङ अध्यक्ष शिव कँडेलले गरेका थिए ।

कार्यक्रममा रोटरीका एजी सन्दीप प्रसाईँ , संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल , सुशिलकुमार श्रेष्ठ, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोटरी सुरुङ्गाकी महासचिव मेनुका उप्रेतीले गरेकी थिइन् । रोटरीको विशेष कार्यक्रमका अवसरमा प्रदान गरिने यो पुरस्कार यसअघि यलम्बर टाइम्सका सम्पादक दिपिन राईलाई प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार