२०८३ बैशाख १६ गते , बुधबार

झापाका कृषक बस्नेतलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

sajilo news
झापा
२०८० असार ८ गते , शुक्रबार
झापाका कृषक बस्नेतलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

झापा गाउँपालिका- ३ का कृषक चन्द्रप्रसाद बस्नेतलाई नगद १ लाख रुपैंयासहित राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत गरिएको छ ।  युवा तथा खेलकुद मन्त्रालयद्धारा बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण समारोह कार्यक्रममा कृषक बस्नेतलाई सम्मान गरिएको हो ।

व्यवसायीक केरा खेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सृजनशीलता, उद्यमशीलता र युवा पुस्तामा कृषिको सकारात्मक सोच प्रवाह गर्न सहयोग पु¥याएको भन्दै सरकारले उनलाई नगद १ लाख सहित सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु तथा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दोसल्ला ओढाएर तथा सम्मानपत्रद्धारा सम्मान गरेका थिए । बस्नेत लामो समयदेखि झापा गाउँपालिकामा व्यवसायीक केरा खेती गर्दै र अरूलाई केरा खेतीका लागि प्रोत्साहन गर्दै आएका छन् ।

त्यस्तै बस्नेत सहित सरकारले सुर्खेतका हिराबहादुर घर्तीलाई कृषि , कैलालीका हिरुलाल डगौरा वातावरण संरक्षण , प्युठानबाट भावना भट्ट युवा सशक्तीकरण र नेतृत्व विकास, काठमाडौँबाट वि विल राइज फाउन्डेसन पर्यटन प्रवर्द्धन र समाजसेवा, रुकुम पश्चिमबाट सृजना ओली पर्यटन प्रवर्धन , काठमाडौँबाट सौरभ रिमाल समाजसेवा, धादिङबाट दिवाकर अर्याल युवा सशक्तीकरण र नेतृत्व विकास, दाङबाट दीपेन्द्र नेपाली विज्ञान तथा प्रविधि, धादिङका डा. राम थापा क्षेत्रीलाई स्वास्थ्यबाट राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मान गरेको हो । यस्तै युवा पत्रकारिता पुरस्कार २०८० बाट सरकारले केशवबहादुर रोका, मेनुका ढुङ्गाना, प्रकाशबहादुर सिंह र विनोद घिमिरेलाई सम्मान गरेको छ ।

सम्बन्धित समाचार