२०८३ बैशाख १६ गते , बुधबार

एभरेस्ट स्मार्ट बाल क्लबको अध्यक्षमा दुलाल

sajilo news
झापा
२०८० असार ७ गते , विहीबार
एभरेस्ट स्मार्ट बाल क्लबको अध्यक्षमा दुलाल

बिर्तामोड । एभरेस्ट स्मार्ट बाल क्लबको अध्यक्षमा कृशा दुलाललाई चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  बिर्तामोड- ६ स्थित एभरेस्ट स्मार्ट स्कुलमा रहेको बाल क्लबको उपाध्यक्षमा नियम ओली, सचिव उश्नबि मैनाली, सहसचिव प्रसन्न थापा, कोषाध्यक्ष गौरवी शाही चयन भएका छन् । 

यस्तै समितिको सदस्यहरूमा अनन्या अग्रवाल, इशिका नेपाल, दीक्षा दुलाल, विनम्र बराल, श्रेया शिवाकोटी , दिया उप्रेती , निर्जरा पराजुली, दिब्यान खतिवडा ,आवास उप्रेती सर्वसम्मत चयन भएको फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् । 

उश्नबि मैनालीले सञ्चालन गरेको कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, विद्यालय प्रधानाध्यापक अनुप शर्माले शुभकामना राखेका थिए । अध्यक्ष निर्या साहाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निकिता तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  सोही कार्यक्रमका बिच सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको  नित्या शाह, शिक्षक रोजी तामाङ,दिनेश पौडेल ,साबित्रा भट्टराई रहेका छन् । 

सम्बन्धित समाचार