२०८३ बैशाख १६ गते , बुधबार

कचनकवल गाउँपालिकाले समयमा तिर्दैनन् बिजुलीको महसुल, जरिवाना रकम तिर्दै 

sajilo news
झापा
२०८० असार ७ गते , विहीबार
कचनकवल गाउँपालिकाले समयमा तिर्दैनन् बिजुलीको महसुल, जरिवाना रकम तिर्दै 

कचनकवल गाउँपालिकाले तोकिएको समयमा विद्युत् महसुल नबुझाउँदा अतिरिक्त जरिवाना रकम तिर्दै आइरहेको पाइएको छ ।महालेखा परीक्षकको कार्यालय भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा गाउँपालिकाले एक वर्षमा २९ हजार ८३७ रुपैयाँ अतिरिक्त जरिवाना रकम तिरेको उल्लेख गरेको छ । कोसी प्रदेश सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ को बुँदा नम्बर २१ मा बिजुली, पानी र टेलिफोन महसुल मिटर रिडिङ पछि तोकिएको समयमा नै भुक्तानी गरी छुट सुविधा लिने तथा जरिवाना नतिर्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ । पालिकाले यस वर्ष विद्युत् महसुल भुक्तानी गर्दा जरिवाना रकम तिरेको र सो कार्य  निर्देशिकाको व्यवस्था विपरीत भएको प्रतिवेदनमा उल्लेख छ । 

हेर्नुहोस सूचीमा

सम्बन्धित समाचार