२०८३ बैशाख १६ गते , बुधबार
पोखरीमा डुबेर एक किशोरको मृत्यु
पाँचथरको याङवरक-५ कुवापानी निवासी १९ वर्षीय किशोरको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय धनबहादुर काम्बाङका छोरा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार अपराह्न साथीहरुसँग याङवरक-५ कालापानी नजिकै बांगे पोखरी गएका काम्बाङको पौडिन नजान्दा डुबेर मृत्यु भएको हो । उनी साथीहरुसँग पोखरीमा पौडी खेल्न गएका थिए । काम्बाङको शव बिहीबार बिहानै पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए ।