२०८३ बैशाख १६ गते , बुधबार

इलाममा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

sajilo news
इलाम
२०८० असार ७ गते , विहीबार
इलाममा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

इलामको राँकेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ साथै एक जना घाइते भएका छन् ।बुधवार इलामबाट राँकेतर्फ गइरहेको मे १ त २५२३ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खस्दा एक जनाको दुर्घटना स्थलमा नै मृत्यु भएको र एक जना सामान्य घाइते भएका छन् । घाइतेलाई इलाम अस्पतालमा लगी उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी गएर के कारणले दुर्घटना भएको अनुसन्धान भई रहेको र अहिलेसम्म मृतकको पहिचान नभएको जनाएको छ ।

सम्बन्धित समाचार