२०८३ बैशाख १६ गते , बुधबार

हुलाकमा कार्यरत कर्मचारी उत्रिए आन्दोलनमा

sajilo news
झापा
२०८० असार ७ गते , विहीबार
हुलाकमा कार्यरत कर्मचारी उत्रिए आन्दोलनमा

भद्रपुर । झापा जिल्लामा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीले सरकारको अतिरिक्त हुलाक खारेज गर्ने निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन झापाको नेतृत्वमा बजेट भाषणको बुँदा नम्बर ३७४ मा उल्लेख भएको अतिरिक्त हुलाक खारेज गर्ने निर्णय सच्याउन माग राख्दै आन्दोलनमा उत्रिइएको हो ।

एसोसिएसनका झापा अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा आएको टोलीले जिल्ला हुलाक कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ ।

जिल्ला प्रशासन, प्रहरी र नेपाल पत्रकार महासंघ झापालाई समेत बोधार्थ पठाइएको ज्ञापन पत्रमा बजेट भाषणको वक्तव्य नम्बर ३७४ प्रति आपत्ति जनाउँदै खारेजको माग राखिएका छ भने माग सुनुवाइ नभए हुलाक सेवा ठप्प पार्ने चेतावनी समेत दिइएको छ ।

सम्बन्धित समाचार