२०८३ बैशाख १६ गते , बुधबार

स्वास्थ्य मन्त्रालयले पैसा नपठाउँदा बिरामीको उपचारमा समस्यामा

sajilo news
झापा
२०८० असार ५ गते , मंगलबार
स्वास्थ्य मन्त्रालयले पैसा नपठाउँदा बिरामीको उपचारमा समस्यामा

मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च बापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरवासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।

नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना बिरामीको आर्थिक वर्ष २०७९/०८० को लागि उपचार खर्च बापतको रकम रु ८७ लाख २० हजार रुपैयाँ यथाशीघ्र विनियोजन गर्न आग्रह गरेका हुन् । उनले नगरपालिकाको तर्फबाट यसअघि पनि मङ्सिर र वैशाखमा पत्र गर्दा पनि त्यसको कुनै सुनुवाइ नभएपछि पुनः मन्त्रालयलाई पत्र पठाइएको बताए ।

राज्यले उपलब्ध गराउने भनेको जटिल प्रकृतिका बिरामीहरू (मिर्गौला प्रत्यारोपण गरेका, डायलिसिस गराइएका, क्यान्सर बिरामी, मेरुदण्ड पक्षघात) का बिरामीहरूलाई औषधि उपचार खर्च बापतको रकम समयमा उपलब्ध नगराउँदा बिरामीलाई थप समस्या भएको छ । मन्त्रालयले यथाशीघ्र रकम जनगुनासाहरू आउन थालेको बताउँदै त्यसलाई सम्बोधन गर्न मन्त्रालयलाई  पत्र पठाइएको उनले बताए ।

सम्बन्धित समाचार