२०८३ बैशाख १६ गते , बुधबार
झापाका भट्टराई किसान महासंघ कोशी प्रदेश अध्यक्षमा मनोनीत
बिर्तामोड । नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनीत भएका छन् । भट्टराई विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा थिए ।
महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनीत गरेका हुन् । नेपाल किसान महासंघको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको अधिवेशन केन्द्रले तोकेकै समयमा सक्न जिम्मेवारी दिँदै कोशी प्रदेश अध्यक्षमा भट्टराईलाई मनोनीत गरिएको जनाइएको छ ।