२०८३ बैशाख १६ गते , बुधबार

सर्पदंश उपचार केन्द्र बनियानीमा ४९८ जनाको सफल उपचार, दुई प्राविधिक कर्मचारीलाई सम्मान

sajilo news
प्रदिप बस्नेत
२०८० असार ४ गते , सोमबार
सर्पदंश उपचार केन्द्र बनियानीमा ४९८ जनाको सफल उपचार, दुई प्राविधिक कर्मचारीलाई सम्मान

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिका-६ स्थित सर्पदंश उपचार केन्द्रमा कार्यरत दुई प्राविधिक कर्मचारीलाई सम्मान गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्र दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा गाउँपालिकाले उपचारमा कार्यरत प्राविधिक कर्मचारीहरू हृदय शाह र नवाज नुरीलाई सम्मान गरिएको हो ।

साथै गाउँपालिकाले दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा उपचार केन्द्रमै मैनबत्ती बालेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव र स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो । वि. सं. २०७८ असार ३ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा हालसम्म १९७ महिला र २७५ पुरुष गरी ४९८ जना बिरामीको सफल उपचार भएको जनाइएको छ ।

कचनकवल , भद्रपुर , बाह्रदशी, हल्दिबारीसहित विशेष गरी छिमेकी राष्ट्र भारतको बिहारबाट समेत सर्पदंशका बिरामी आउने गरेको बताइएको छ । सर्पको डसाइबाट यहाँका स्थानीयले अकालमै ज्यान गुमाउनु परेको भन्दै स्थानीयको लामो सङ्घर्ष र विद्यार्थीको चर्को दबाबपछि गाउँपालिकामा सर्पदंश उपचार केन्द्र  सञ्चालन आएको थियो । 

सम्बन्धित समाचार