सत्यसाइ टोल सुधार समिति भद्रपुरको अध्यक्षमा आचार्य
भद्रपुर । श्री सत्यसाइ मार्ग टोल सुधार तथा व्यवस्थापन समिति चन्द्रगढीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । टोल व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद दंगालको अध्यक्षता तथा ज्येष्ठ नागरिक एमबी चाम्लिङको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सचिव बाबुराम कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत चन्द्रदेव चुडालले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक एम चाम्लिङ र रत्ना गौतमलाई सम्मानित गरिएको थियो । सो समितिले श्याम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मला दंगाल, सचिवमा चन्द्र देव चुँडाल,कोषाध्यक्षमा मिना उप्रेती तिवारीलाई चयन गरेको छ ।
अन्य सदस्यहरूमा क्रमशः तारा कार्की, गणेश कार्की, मनोज लामा, लक्ष्मी शिवा,रमेश शिवा,डिल्ली धमला,मेनका श्रेष्ठ र नरदिश राजवंशीलाई चयन गरेको छ । त्यस्तै सल्लाहकार समितिको संयोजकमा टंक दंगाल तथा सल्लाहकार सदस्यहरूमा बाबुराम कार्की, गगनमणि रेग्मी, माधव सुवेदी, जयनन्द गौतम, ईश्वर अधिकारी, निर्मल श्रेष्ठ रहेका छन् ।