२०८३ बैशाख १६ गते , बुधबार

झापामा रोकिएन अवैध उत्खनन

sajilo news
झापा
२०८० असार ३ गते , आईतबार
झापामा रोकिएन अवैध उत्खनन

असारदेखि खोला बन्द गरिएपनि अवैध रुपमा उत्खनन गर्ने कार्य रोकिएको छैन  प्रहरीले अवैध उत्खननमा संलग्न धेरै सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिसकेको छ । तर पनि उत्खनन गर्ने क्रम रोकिएको छैन ।

यस क्रममा शनिवार बुद्धशान्ति गाउँपालिका वडा नं.१ स्थित बिरिङ खोलाबाट ना.७ ख.३६२६ र ना.५ ख. ६९९५ नम्बरको २ वटा टिपरले अवैध तवरले खोला उत्खनन गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

दुवै टिपरलाई आवश्यक कारबाहीको लागि बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार