२०८३ बैशाख १६ गते , बुधबार

सर्पले डसेर नाबालकको मृत्यु

sajilo news
मोरङ
२०८० असार २ गते , शनिबार
सर्पले डसेर नाबालकको मृत्यु

मोरङको लेटाङ नगरपालिका–१ साक्फारामा सर्पले डसेर शुक्रबार राति नाबालकको मृत्यु भएको छ।  सर्पले टोक्दा सुजन मगरका ५ वर्षीय छोरा समीत मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। ओछ्यानमा सुतिरहेका नाबालकलाई शुक्रबार बिहान ५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। 

प्रहरीका अनुसार नाबालक ओछ्यानमै चिच्याउन थालेपछि अभिभावकले हेर्दा हरियो रंगको सर्प देखेका थिए। तर, कुन प्रजातिको सर्प हो भन्ने यकिन भइसकेको छैन। त्यही सर्पले टोकेको हुनसक्ने अनुमान प्रहरीको छ। दाहिने हातको पातोमा नीलडाम रहेको अवस्थामा नाबालकलाई अभिभावकले उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। 

चिकित्सकले आईसीयूमा राखेर उपचार प्रक्रिया अघि बढाउन सुझाव दिएपनि अभिभावकले घर फर्काएर लगेको पाइएको डीएसपी दाहालको भनाइ छ। अवस्था गम्भीर बन्दै गएपछि नाबालकलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउना साथ राति १० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार