२०८३ बैशाख १६ गते , बुधबार

बिर्तामोडमा व्यवसायीक तरकारी उत्पादन तालिम

sajilo news
झापा
२०८० असार २ गते , शनिबार
बिर्तामोडमा व्यवसायीक तरकारी उत्पादन तालिम

बिर्तामोड नगरपालिकामा व्यवसायीक तरकारी उत्पादन सम्बन्धी २ दिने तालिम आज देखि सुरु भएको छ । वडा नम्बर ७ स्थित गरामनीको नारी विकास हलमा सुरु भएको तालिमको वडाअध्यक्ष कृष्णप्रसाद खरेल अविरलले उद्घाटन गरे। कृषि विकास शाखाको आयोजनामा मेयर विषादीयुक्त नगर कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष खरेलले कृषकहरूलाई थप व्यावसायिक बन्न तालिमको आवश्यकता रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताए । तालिममा सिकाइने कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गर्दै उनले कृषकले उत्पादन बढाउनु पर्नेमा जोड दिए ।

तालिमलाई कृषि शाखा प्रमुख राजेन्द्र कडरिया लगायतले प्रशिक्षण दिइरहेको छ । शनिवारसम्म सञ्चालन हुने तालिममा ४० जना भन्दा बढी कृषकले सहभागिता जनाएका छन् । तालिम समापनसँगै उनीहरूलाई  व्यवसायीक अर्ग्यानिक तरकारी उत्पादनमा सहयोग पुग्ने सामाग्रीसमेत प्रदान गरिने जनाइएको छ ।

सम्बन्धित समाचार