२०८३ बैशाख १६ गते , बुधबार

अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला सुरु

sajilo news
झापा
२०८० असार २ गते , शनिबार
अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला सुरु

बिर्तामोड । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्यशाला सुरु भएको हो ।

अर्जुनधारास्थित पितृ मोक्ष भवनमा आयोजित लेखनसीप कार्यक्रममा नगर क्षेत्रका ४० जनाभन्दा बढीको सहभागिता रहेको छ । वडा कार्यालयहरूको सिफारिसमा सहभागीहरूलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ ।

शुक्रवार उद्घाटन सत्रमा बोल्दै नगर उपप्रमुख खड्गमाया पराजुलीले न्याय निरूपणका लागि लेखनसीप अपरिहार्य भएको बताइन् । उनले गाउँघरमा सामान्य कागज बनाउन पनि समस्या भइरहेकोले नगरका तर्फबाट लेखनसीपको आयोजना गरिएको जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले कागज लेख्न नजान्दा धेरेले क्षति व्यहोर्नु परेको बताइन् । उनका अनुसार गाउँ समाजमा सबै खाले लिखत तयार गर्न सक्षम बनाउने गरी कार्यक्रमको आयोजना गरिएको हो ।  तीन दिने बसाइँलाई प्रभावकारी र उपलब्धि मूलक बनाउन उनको आग्रह थियो ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले लेखनसीपको आवश्यकतालाई मध्यनजर गरेरै कार्यशालाको आयोजना गरिएको जानकारी दिइन् । उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले मेलमिलाप कर्ताहरूको लागि अत्यन्तै फलदायी कार्यक्रम रहेको र अन्य सहभागीहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण भएको उनको भनाई थियो । विशिष्ट अतिथि राईले तालिमका लागि तालिम मात्रै हुने गरी सहभागी हुनुको अर्थ नहुने भन्दै हरेक क्षेत्रमा आवश्यक पर्ने लेखनसीपको अवसर सदुपयोग गर्न आग्रह गरेकी थिइन् ।कार्यशालामा अधिवक्ता हेमकला कट्टेल, मणि पराजुली लगायतले सहजीकरण गर्ने सहजीकरण गर्ने संस्थाले जनाएको छ ।  

टाइम्स मिडिया नेटवर्कका सदस्य सुशील दाहालको अध्यक्षतामा भएको कार्यशालाको समुद्घाटन कार्यक्रममा न्यायिक समिति सदस्य शर्मिला सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, कानुन अधिकृत एलिना घिमिरे, न्यायिक शाखामा कार्यक्रम सहायक पाँचौँ माया ऐर लगायतको आतिथ्य रहेको थियो । 

सम्बन्धित समाचार