२०८३ बैशाख १६ गते , बुधबार
झापामा नदीजन्य पदार्थको अवैध उत्खनन, एउटा जेसीबी र तीन वटा टिपर नियन्त्रण
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने एउटा जेसीबी र तीन वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ ७ बजे झापा अर्जुनधारा नगरपालिका ४ टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको एउटा जेसीबी र मे १ ख ३१५५, प्र १–०१–००१ क।९२४, मे १ ख।२८४८ नं.को ३ वटा टिपरले अवैध तवरले खोला उत्खनन गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । ती सवारीसाधनलाई आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।