२०८३ बैशाख १६ गते , बुधबार
भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा ट्याक्टर नियन्त्रणमा
भद्रपुर । भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका टोलीले बुधवार साँझ भद्रपुर नगरपालिका ७ स्थित देउनियाँ खोलाबाट प्र १–०१–००१ त ८७६६, प्र १–०१–००१ त ८०७४, मे.१ त. ४८६२ र अल्फाबेट नखुलेको ९९०४ नम्बरको ४ वटा ट्याक्टरले ढुङ्गा, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । ती सवारीसाधनलाई आवश्यक कारबाहीको लागि भद्रपुर नगरपालिकाको कार्यालयमा बुझाइएको डीएसपी खगेन्द्र रिजालले बताए ।