२०८३ बैशाख १६ गते , बुधबार
पत्रकार बिमलीले गरे ११३ औं पटक रक्तदान
झापा । विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार एवं शतक रक्तदाता नेत्र विक्रम बिमलीले ११३ औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र झापामा बुधवार बिमलीले ११३ औं पटकको रक्तदान गरेका हुन ।
पत्रकारिता र समाजसेवामा सक्रिय बिमली नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने पत्रकारहरूमा पहिलो नम्बरमा पर्छन् । रक्तदान अभियानमा महत्त्वपूर्ण भूमिका पुर्याए बापत बिमलीले अन्तर्राष्ट्रिय रक्तदाता सम्मान समेत पाइसकेका छन् ।