२०८३ बैशाख १६ गते , बुधबार

नेपाल भित्रियाे मनसुन

sajilo news
झापा
२०८० जेष्ठ ३१ गते , बुधबार
नेपाल भित्रियाे मनसुन

नेपालमा यसवर्षको मनसुन प्रणाली भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्तको मौसम पूर्वानुमहाशाखाले बुधबार मनसुन प्रणाली नेपाल भित्रिएको जनाएको हो।

महाशाखाका अनुसार आज नेपालको कोशी प्रदेश ,पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भागमा मनसुन प्रवेश गरेको हो।

यस वर्षको मनसुन १ दिन ढिलागरी प्रवेश गरेको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। नेपालको अन्य भू-भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी ,बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशलगायत बाँकी पहाडि भू-भागमा थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्य वर्षको संभावना रहेको महाखाशाले जनाएको छ।

राति मधेश प्रदेशलगायत बाँकी पहाडि भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।

यस वर्षको मनसुनी प्रणालीलाई महाखाशाले निरन्तर अनुगमन गरिरहेको छ।

सम्बन्धित समाचार