२०८३ बैशाख १६ गते , बुधबार
कचनकवल नाकाबाट भन्सार छलेर भित्राइएको दुई लाखको सामान बरामद
कचनकवल । दक्षिणी झापाको कचनकवल नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको करिब दुई लाख मुल्य बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट डागाँबारीका सप्रसनि सुवास राजवंशीको नेतृत्वमा खटिएको टोलीले सवारीसाधन चेकजाँचको क्रममा उक्त मुल्य बराबरको सामान बरामद गरेको हो ।
भन्सार छलेर भित्राइएका सामान सार्वजनिक सवारीसाधनमा हालेर बिर्तामोडतर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा सो सामान बरामद गरेको जनाइएको छ । बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीका लागी भद्रपुर भन्सार कार्यालयमा बुझाइसकेको जनाइएको छ ।