२०८३ बैशाख १६ गते , बुधबार
झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
झापामा २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर जिल्ला दिङ्ला गाउँपालिका- ५ घर भई हाल झापाको कनकाई नगरपालिका-३ डेरा गरी बस्ने २३ वर्षीय उज्ज्वल राई रहेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो । घुमफिर गर्न घर बाहिर निस्किएकी ती किशोरीलाई राईले मङ्गलवार साँझ जबरजस्ती करणी गरेको भनी पीडितले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।