२०८३ बैशाख १६ गते , बुधबार

भाउजुको मेसेन्जरमा नन्दको अन्तरंग भिडियो पुगेपछि...

sajilo news
झापा
२०८० जेष्ठ २७ गते , शनिबार
भाउजुको मेसेन्जरमा नन्दको अन्तरंग भिडियो पुगेपछि...

महिलाको अन्तरंग फोटो तथा भिडियो आफन्तलाई पठाइदिएर चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ खुर्सानीडाँडा घर भई हाल पुतलीबजार बस्ने ४२ वर्षीय  ज्ञानु थापा रहेकी छन् ।

सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट  मित्रताका लागि आएका अनुरोध  स्वीकार पछि कुराकानी हुने क्रममा पीडित महिलाको एक पुरुषसँग प्रेम सम्बन्ध बसेको थियो ।  म्यासेन्जरमा कुराकानी हुने क्रममा उनीहरुबीच अन्तरंग फोटो तथा भिडियो समेत साटासाट भएका थिए । यसै क्रममा पुरुष विवाहित रहेको थाहा पाएपछि दुईबीचको सम्वाद टुटिसकेको थियो ।

तर, पछि  थापाले अनधिकृत पहुँच बनाई पीडितको भाउजूको म्यासेन्जरमा सो अन्तरंग फोटो तथा भिडियो पठाएर दुःख हैरानी दिएको उजुरी साइबर ब्युरोमा परेको थियो ।

सम्बन्धित समाचार