२०८३ बैशाख २४ गते , विहीबार

झापाको एक सहकारीबाट ६ लाख ६४ हजार चोरी

sajilo news
झापा
२०८० जेष्ठ २० गते , शनिबार
झापाको एक सहकारीबाट ६ लाख ६४ हजार चोरी

दमक । झापाको दमक नगरपालिका-४ कृष्ण मन्दिरस्थित परामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ६४ हजार ३ सय रुपैयाँ बिहिबार राति चोरी भएको छ ।

उक्त संस्थाको गेटको ताल्चा फुटाई प्रवेश गरेर लकरमा रहेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार