२०८३ बैशाख २६ गते , शनिबार

झापामा ज्यान मार्ने मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ 

sajilo news
झापा
२०८० जेष्ठ १३ गते , शनिबार
झापामा ज्यान मार्ने मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ 

झापामा ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका- ३ निवासी ३९ वर्षीय भुपेन भन्ने रूपबहादुर राय रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । झापा जिल्ला अदालतको २०७३ असोज ११ गतेको फैसला अनुसार ज्यान मार्ने उद्योग मुद्दामा रायलाई ५ वर्ष कैद सजाय तोकेका थिए । फरार रहेका रायलाई प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी रिजालले बताए । 

सम्बन्धित समाचार