२०८३ बैशाख २६ गते , शनिबार

भद्रपुर नाकाबाट ब्राउन सुगर भित्रिँदै, दुई भारतीय कारोबारी पक्राउ

sajilo news
झापा
२०८० जेष्ठ १२ गते , शुक्रबार
भद्रपुर नाकाबाट ब्राउन सुगर भित्रिँदै, दुई भारतीय कारोबारी पक्राउ

झापा । झापाको भद्रपुर नाकाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । भद्रपुर नाकाबाट ब्राउन सुगर खरिद गरी लगेका व्यक्ति पक्राउ परेपछि उनकै सुराकीको आधारमा दुई भारतीय कारोबारी पक्राउ परेका हुन ।

  पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीवारिका २२ वर्षीय शिवु घोष र सोही ठाउँकी २६ वर्षीया श्यामली सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूलाई विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार दिउँसो भद्रपुर- ८ स्थित क्याम्पस मोडबाट पक्राउ गरेको हो । भारतबाट छुट्टाछुट्टै साइकलमा नेपाल आएका उनीहरूलाई प्रहरीले चेकजाँच गर्दा १९४ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

घोष ब्राउन सुगर कारोबारी रहेको र महिला सोरेनलाई बोक्ने मान्छेको रुपमा प्रयोग गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

सम्बन्धित समाचार