२०८० जेष्ठ १७ गते , बुधबार
दर्ता बिनाको औषधी ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ

दर्ता बिनाको औषधी ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका- ४ निवासी २९ वर्षीय इतियाज आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आलमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७६ माघ १४ गतेको फैसला अनुसार बिना दर्ताको औषधी ओसारपसार पैठारी निकासी मुद्दामा आलमलाई एक महिना कैद र पाँच हजार जरिवानासहितको सजाय तोकेको थियो । आलम सोही दिनदेखि फरार थिए । यता पक्राउ परेका आलमलाई अदालतको फैसला बमोजिम कैद भुक्तानका लागि झापा कारागार पठाइसकेको डीएसपी रिजालले बताए ।