२०८३ बैशाख २४ गते , विहीबार

बैङ्किङ कसुर मुद्दाका फरार कचनकवलका गणेश पक्राउ

sajilo news
झापा
२०८० जेष्ठ ५ गते , शुक्रबार
बैङ्किङ कसुर मुद्दाका फरार कचनकवलका गणेश पक्राउ

कचनकवल । झापामा बैङ्किङ कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक पाठामारी गाविस ४, हाल कचनकवल गाउँपालिका- ५ बस्ने ३४ वर्षीय धर्मनारायण गणेश रहेका छन् । उच्च अदालत पाटनको मिति २०७८ फागुन ९ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा गणेशलाई ३ दिन कैद, रु ७ लाख ५२ हजार जरिवाना र पीडित राहत कोषमा रु ३०हजार ८० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले गणेशलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।

सम्बन्धित समाचार