२०८० जेष्ठ १७ गते , बुधबार

पाकिस्तानको कोइलाखानी विवाद हिंसामा परिणत, मारिए १६ जना

sajilo news
रासस
२०८० जेष्ठ ३ गते , बुधबार
पाकिस्तानको कोइलाखानी विवाद हिंसामा परिणत, मारिए १६ जना

कोहट ।  पाकिस्तानको कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएका एआरवाई न्युजले जनाएको छ । 

पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको कोहट प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन्। 

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद जारी छ। दुवै पक्षले आफ्नो अडान नछाडेपछि दुःखद घटना भएको प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका तथा स्थितिलाई नियन्त्रणमा लिइएको एआरवाईको समाचारमा उल्लेख छ । 

सम्बन्धित समाचार