२०८३ बैशाख २४ गते , विहीबार

पासवर्ड ह्याक गरेर बैंकबाट पैसा निकाल्ने पक्राउ

sajilo news
झापा
२०८० जेष्ठ १ गते , सोमबार
पासवर्ड ह्याक गरेर बैंकबाट पैसा निकाल्ने पक्राउ

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने वर्ष ३६ को देवराज सिग्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा सञ्चालन गर्दै आएको R.A. Vison Account solution pvt.ltd फर्मका एकाउन्टेन समेत रहेका सिग्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा अट्ठाइस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा छैसठ्ठी हजार आठ रुपैयाँ निकालेको भनी जानकारी प्राप्त भएसँगै प्रहरीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित समाचार