२०८३ बैशाख २४ गते , विहीबार
अवैध काठसहित ट्याक्टर नियन्त्रणमा
झापा । अवैध रुपमा लाँदै गरेको सखुवा चिरान काठसहित एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो २ बजेको समयमा कमल गाउँपालिका- ६ दहिचोकस्थित भित्री सडक खण्डमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको सादा पोसाकको टोलीले रोकिराखेको को १ त ७९६८ नं. को ट्याक्टरलाई शङ्का लागेर चेकजाँच गर्दा उक्त ट्याक्टरमा सखुवा जातको ५४।३२ क्यु फिट अवैध काठ फेला परेको थियो ।
काठको मूल्य २ लाख ७० हजार, ट्याक्टरको मूल्य ८ लाख गरी जम्मा १० लाख ७० हजार बराबरको सामान डिभिजन बन कार्यालय भद्रपुरलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।